FAQs Complain Problems

ग्यालरी

आज मिति २०८१ साल भदौ २९ गते "बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी" भन्ने मुल नाराको साथ ६० औ राष्ट्रिय बाल दिवस-२०८१ को अवसरमा आयोजित आधारभुत तह कक्षा (६-८) स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।उक्त प्रतियोगिता गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाको अध्यक्षता, प्रमुख अतिथि गा.पा अध्यक्ष श्री दिपा वोहोरा दाहाल, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी लगायत सु.गा.पा अन्तरगर्तका शिक्षकहरुको उपस्थितिका साथै HANDS Nepal र JSDP को साझेदारीमा सम्पन्न भएको छ ।

मिति: 09/25/2024 - 15:37
, , , ,

सुनकोशी गाउँपालिकाका आदरणीय अध्यक्ष दिपा बोहोरा दाहालले आज एक कार्यक्रम बिच झागाझोली रातमाटा स्वास्थ चौकिमा नबनिर्मित एक्स रे भबनको उदघाटन गर्नुभएको छ!कार्यक्रममा सुनकोसी गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत नवीन न्यौपाने ,वडा न.३ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ ,स्वास्थ प्रमुख ओम झा ,सुनकोसी स्थिति विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि हरु,समाजसेवी लगायत स्थानीयहरुको उपस्थिति थियो!!

मिति: 08/28/2024 - 10:38
, ,

यस सुनकोशी गाउँपालिका मार्फत पशु विमा गरेको गाईको मृत्यु भएकोले उक्त विमा वापतको रकम वडा. नं. ६ बस्ने कृषक शारदा कार्कीलाई गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहाल र उपाध्यक्ष कपिल कुमार कोइराला मार्फत चेक हस्तान्तरण गरियो ।

मिति: 08/25/2024 - 12:16

सुनकोशी गाँउपालिकाको प्राविधिक शाखामा कार्यरत तह पाचौंका सव इन्जिनियर जमुना सुनुवार मिस महालक्ष्मी नगरपालिकामा सरुवा भै जान लाग्नुभएको अवसरमा उहाँले यस गाँउपालिकामा गर्नुभएको सेवाको लागि धन्यवाद दिदै उहाँको आगामी कार्यकाल अझ फलदायी तथा सफल रहोस् भनि गरिएको फेरि भेटौला कार्यक्रम।

मिति: 08/08/2024 - 21:00
, , ,

सुनकाेशी गाँउपालिकाका अध्यक्ष श्री दिपा बाेहाेरा दाहाल ज्यूले सुनकाेशी गाँउपालिकाकाे आर्थिक बर्ष २०८१।०८२ काे बजेट,नीति ,याेजना तथा कार्यक्रमकाे प्रभावकारी कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई समयमै (मिति २०८१।०३।२५ गते)निर्णय गरि खर्च गर्ने अख्तियारी प्रदान गर्नुभएको छ ।

मिति: 07/23/2024 - 14:58

"दिगो र गुणस्तर युक्त संरचना हाम्रो पहिचान

सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान"

मिति: 07/23/2024 - 12:17
,

"दिगो र गुणस्तर युक्त संरचना हाम्रो पहिचान

सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान"

भन्ने मूल नाराको साथ सफा र स्वच्छ समुदाय घोसणा तथा खानेपानी तथा सरसफाई आयोजना उद्घाटन समारोह मिति २०८१ असार ३१ गते सुनकोशी गाउँपालिका वडा नं ३ शिखर कटेरी देउरालीमा माननीय श्री राजन दाहाल ज्यू को प्रमुख आतिथ्यता, सुनकोशी गाउँपालिका अध्यक्ष श्री दिपा वोहोरा दाहाल ज्यू र उपाध्यक्ष कपिल कुमार काेइराला ज्यूको विशेष आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी र सु.गा.पा. वडा नं ३ का अध्यक्ष श्री चन्द्र श्रेष्ठ ज्यू लगायतको उपस्थितिमा सम्पन्न भयो ।

मिति: 07/23/2024 - 12:15
, , , ,

आज मिति २०८१ असार १८ गते सुनकोशी गाउँपालिकाले समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तगर्त अपाङ्ग भएका व्यक्तिहरुका लागि सहयोग सामाग्री र व्यवसाय टेवा प्रवर्द्धन कार्यक्रम सम्पन्न ।

जसमा खुट्टा नभएका सु.गा.पा ६ का इश्वरी माझीलाई खुट्टा, सु.गा.पा ३ का इन्दु गिरिलाई हात र सु.गा.पा ३ का पुर्णशिला चौलागाईंलाई हात वितरण गरियो । साथै व्यवसायी प्रवर्द्धनका लागि वडा न ६ का सुवाने सार्कीलाई व्यवसायिक टेवा प्रवर्द्धन गर्नका लागि २० हजार सहयोग रकम प्रदान गरियो ।

मिति: 07/02/2024 - 13:09
, ,

सुनकोशी गाउँपालिकाको आ.व. २०८०/८१ को स्वीकृत वार्षिक मेड्पा कार्यक्रम अन्तर्गत उपयुक्त प्रविधि तथा समुहमा प्रविधि हस्तान्तरण कार्यक्रम गा.पा. अध्यक्ष दिपा वोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी लगायतको उपस्थितिमा सम्पन्न भयो ।

मिति: 07/02/2024 - 13:05
, , ,

Pages