समाचार
संक्षिप्त परिचय
नेपालको मानचित्रमा साविक मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको मध्य भागमा अवस्थित सिन्धुली एक पहाडी जिल्ला हो । प्राकृतिक रूपमा यो जिल्ला भित्री मधेशको समथर भुमिदेखि लिएर पहाडी भुभाग रहेको जिल्ला हो । तराईको चुरे क्षेत्रदेखि लिएर पहाडी महाभारतसम्म फैलिएको यो जिल्ला झण्डै नेपालको नक्सा जस्तै पूर्व पश्चिम फैलिएको छ । यस जिल्लाको सदरमुकाम सिन्धुलीमाढी हाे ।
सिन्धुलीगढी प्रकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउँ काठमाडौँबाट करीब १५० किलोमिटर पूर्वमा रहेको छ । ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशीतोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जीवजन्तु पनि विवध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवै खाले वनस्पतीको उपलब्धता यस जिल्लाको वनजङ्गलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिब ६४ प्रतिशत भू–भाग वनजङ्गलले ओगटेको छ ।
हाल कायम भएको राजनीतिक तथा प्रशासनिक विभाजन
प्रदेश :- संघीय गणतन्त्र नेपालको ३ नं प्रदेश,
नाम :-सुनकोशी गाउँकार्यपालिकाको कार्यालय, सिन्धुली
विकास क्षेत्र :-मध्माञ्चल विकास क्षेत्र
अञ्चल :-जनकपुर अञ्चल
जिल्ला :- सिन्धुली
वडा संख्या :-७
केन्द्र :- साविक पुराना झागाझोली गा.वि.स.को कार्यालय,
हाल समावेश भएका गाविसहरू
कुशेश्वर दुम्जा, झागाझोली रातामाटा, पुराना झागाझोली, सितलपाटी र मझुवा
राष्ट्रिय जनगणना २०६८ अनुसार जनसंख्या तथा घरधुरी
जम्मा जनसंख्या :- २१४७३
पुरुष :- ९९८८ र महिला :- ११४८५
जम्माघरधुरी:- ४५५७
सीमाना
पूर्वमा :- गोलञ्जर गाउँपालिका र रामेछाप जिल्ला
पश्चिममा :- काभ्रेपलाञ्चोक जिल्ला
उत्तरमा :- रामेछाप जिल्ला
दक्षिणमा :- घ्याङलेख गाउँपालिका र कमलामाई नगरपालिका
भौगोलिक अवस्था
जम्मा कुल क्षेत्रफल :- १५४.६८ वर्ग कि.मी.