FAQs Complain Problems

सुनकोशी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को आय व्यय (बजेट) प्रस्तुत ।

आज मिति २०८० साल असार १० गते आईतबार सुनकोशी गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को आय व्यय (बजेट) प्रस्तुत भएको छ ।

कुल विनियोजित बजेट रु.५८ करोड ६३ लाख ९१ हजार ।

चालु रु.४३ करोड ३२ लाख ४१ हजार

पुजीगत रु.१५ करोड ३१ लाख ५० हजार

१. आर्थिक विकास तर्फ ->२ करोड ३२ आख ७४ हजार

२. सामाजिक विकास तर्फ -> ३२ करोड ६४ लाख ७४ हजार

३. पूर्वाधार तर्फ -> ११ करोड ४२ लाख २० हजार

४. सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र -> ९० लाख ५० हजार

५. कार्यालय संचालन तथा प्रशासनिक -> ११ करोड ३३ लाख ९६ हजार

किशान कल सेन्टर स्थापना, पशुपालन तथा कृषि कार्यक्रमबाट गरिवी निवारण तथा रोजगारी सिर्जना, जनसंख्या जति छ त्यति फलफूलको विरुवा वृक्षरोपण, एक घर एक करेसाबारी निर्माण, पर्याप्त विउ विजन र औसधिहरु वितरण, निशुल्क स्वास्थ्य सेवामा सवैको पहुच, प्र.अ. भत्ताको व्यवस्था, पढ़ाई प्रतिस्पर्धा र प्रतिभा प्रस्फुटनका कार्यक्रम, दिवा खाजाको लागि सामाग्री सहयोग, विद्यालयको पानि विजुलीको शुल्क अनुदान, छात्रवृत्ति, दलित छात्रवृत्तिमा थप रकम, सुत्केरी संग अध्यक्ष भेटघाट कार्यक्रम, युवा किसान संग अध्यक्ष भेटघाट कार्यक्रम, एक घर एक धारा खानेपानी, सरसफाई हराभरा गाउपालिका, पानी परिक्षण, सुशासन र सामाजिक न्याय लक्षित वर्गमा पर्याप्त बजेट आदि ।

आर्थिक वर्ष: