FAQs Complain Problems

मिति २०७८ साल वैशाख ३० गतेका दिन दिनको १ः०० बजे बसेको कार्यपालिकाको बैठकको निर्णयहरु |

आज मिति २०७८ साल वैशाख ३० गतेका दिन दिनको १ः०० बजे यस सुनकोशी गाउँपालिकाका अध्यक्ष श्री दिपा बोहोरा दाहाल ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमको प्रस्ताव माथि छलफल गर्ने निर्णय गरीयो ।

निर्णयहरु

निर्णय नं. १

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सुनकोशी गा.पा.को विपद् व्यवस्थापन समितिको मिति २०७८/०१/३० गतेको बैठकबाट र स्थानिय तह कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८/०१/३० गते बसेको बैठकबाट निर्णय भई कार्यान्वयनका लागि गाउँ कार्यपालिकामा निर्णयार्थ पेश हुन आएका तपशील बमोजिमका निर्णयहरु अनुमोदन गरी तत्काल कार्यान्वयन गर्ने निर्णय गरियो ।

क)   विपद् व्यवस्थापन समितिबाट सिफारीस भई आएका निर्णयहरुः

निर्णय नं. १

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएण्ट सहितको कोरोना भाइरस कोभिड–१९ को संक्रमण यस सुनकोशी गाउँपालिका क्षेत्र भित्र बढ्दै गएको र २०७८/०१/१५ देखि २०७८/०१/२६ गते सम्म १९० जनाको स्वाब संकलन गरी pcr परिक्षण गराउँदा हाल सम्म ५० (पचास) जनाको एऋच् पोजेटिभ देखिएको र यो संख्या अझै बढ्ने सम्भावना भई जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि वि.पि. राजमार्ग बाहेक सुनकोशी गाउँपालिका क्षेत्र भर मिति २०७८/०१/३० गते राति १२:०० बजे सम्म अत्यावश्यक बाहेकका बन्द गरीएका सेवाहरु पुनः सोही मिति देखि लागू हुने गरी २०७८/०२/०९ गते राति १२:०० बजे सम्म नेपाल सरकारले तोकेका अनिवार्य सेवा बाहेक गाउँपालिका कार्यालय र वडा कार्यालयहरु र मातहतका कार्यालयहरुमा अन्य सेवा प्रवाह नगर्ने सम्बन्धमा पुनः गाउँ कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरियो ।

तपसिल

१.   खुल्ने सेवाहरु

क)   अत्यावश्यक सार्वजनिक सेवा (स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, आदि)

ख)   बैंक तथा वित्तिय संस्था, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालन गरी संचालन गर्ने ।

ग)   सम्झौता भई संचालनमा रहेका विकास निर्माणका कार्यहरु स्वास्थ्य मापदण्ड पूरा गरी अन्यत्र बाहिरबाट कामदार नल्याई भै रहेका कामदारबाट निरन्तरता दिने । 

१.   नखुल्ने सेवाहरु

क)   अत्यावश्यक बाहेकका नियमित सेवाहरु

ख)   सामाजिक संघ–संस्थाका कार्य तथा सेवाहरु (स्वास्थ्य सेवा बाहेक)

२.   खुल्ने व्यवसायहरु

क)   औषधि तथा औषधिजन्य पसल (२४ सै घण्टा खुल्ला रहने)

ख)   पेट्रोल पम्पहरु

ग)   खाद्यान्न, फलफूल, तरकारी, दुधडेरी, ग्याँस पसलहरु (बिहान ६ः००–१०ः००) सम्म मात्र  

२.   नखुल्ने व्यवसायहरु

क)   होटल तथा रेष्टुरेण्ट, ब्यूटीपार्लर, कपडा पसल, सैलुङ, टेलरिङ, शैक्षिक संस्था, पार्टी प्यालेस, स्टेशनरी लगायतका नियमित व्यवसायहरु

ख)   उद्योग, कलकारखानाहरु

 

ख)   स्थानिय तह कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारीस भएका निर्णयहरु

निर्णय नं. १

अस्थायी covid hospital  व्यवस्थापनको लागिप्रदेश सरकारबाट ३ महिनाको लागि १ जना mbbs डाक्टर, स्टाफ नर्स–१ र कार्यालय सहयोगी–१ समेतको लागि रु. १० लाख कार्यक्रम प्राप्त भएकोले सोको पदपूर्ती गरी सुनकोशी गाउँपालिका वडा नं. ३ मा नव निर्मित सुनकोशी क्याम्पसमा अर्को  व्यवस्थापन नभए सम्म १० बेडको अस्थायी covid hospital  बनाउन गाउँ कार्यपालिकामा सिफारीस गर्ने निर्णय गरियो ।

 

निर्णय नं. २ ः

यस सुनकोशी गाउँपालिका क्षेत्र भित्र निम्न व्यक्तिहरु निम्न व्यक्तिहरुसँग निम्न संख्यामा oxygen cylinder रहेको र सो मध्ये ९ थान इलाका प्रहरी कार्यालय खुर्काेटमा बुझाई सकिएको र १० वटामा ग्यास भरी रातमाटा स्वास्थ्य चौकीमा राखिएको र बाँकी रहेको cylinder मा ग्यास भरी covid hospital मा राख्ने निर्णय गरियो ।

 

क्र.सं.            नाम                             वडा नं.    संख्या

1         रामचन्द्र आचार्य             ३              ४

2         कृष्णराज दाहाल             ५           ३

3         प्रकाश बराल ट              ६         ९

4         टिका भण्डारी               ६           ९

5         विनोद श्रेष्ठ                 ५         २

6         उपेन्द्र कोइराला             २              २

7         निरज श्रेष्ठ                      ५           १

8         राजन भण्डारी               ५              ३

          जम्मा                                                             ३३

 

 

निर्णय नं. ३

कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि pcr test को लागि आवश्यक पर्ने vtm kit लगायत निम्नानुसारका सामग्रीहरु खरीद गर्नको लागि स्वास्थ्य संयोजकबाट पेश भए बमोजिम तपसिल बमोजिमका सामानहरु खरीद गर्ने निर्णय गरियो ।

तपसिल

क्र.सं.           सामग्रीको नाम    परिमाण

1         VTM                     400

2         PPE                  150

3         बुट                       60

4         सु कभर             200

5         सर्जिकल क्याप    200

6         EX.GLOVES      50 बक्स

7         सर्जिकल ग्लोभ्स   500 जोर

8         हात धुने साबुन    200

9         PULSE OXYMETER    5 थान

10        OXYGEN FLOW METER     5  थान

 

 

निर्णय नं. ४ ः

हाल गम्भीर रुपमा फैलि रहेको कोभिड–१९ दोश्रो चरणको महामारी नियन्त्रण र व्यवस्थापन निकै चुनौतिपूर्ण र कठिन बन्दै गइ रहेको सन्दर्भमा यस महामारी विरुद्ध स्वास्थ्यकर्मी परिचालन गर्नको लागि निम्नानुसारको जोखिम टीम गठन गर्ने र सो कार्यमा खटिएका स्वास्थ्यका कर्मचारी र प्रशासनिक कर्मचारीलाई देहाय बमोजिमको कोभिड जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरियो ।

क)   पालिका स्तरीय cict (case investigation and contact tracing term ) निम्नानुसारका रहनेछ ।

१.   श्री ओम प्रकाश झा ः संयोजक

२.   श्री माधव प्रधान ः सदस्य

३.   श्री मेनुका गिरी ः सदस्य

 

ख)   गाउँपालिका अन्तर्गतका प्रत्येक वडामा रहेको स्वास्थ्य संस्थाका प्रमुखहरुलाई कोभिड–१९ को फोकल पर्सन तोकी आ–आफ्नो वडा भित्र होम आइसोलेसन तथा होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुको निगरानी तथा प्रतिवेदन फोकल पर्सनले गर्ने र फोकल पर्सन वडा स्तरीय निम्नानुसारको रहनेछ ।

 

१.   श्री भिम कुमार वैद्य, सी.अ.हे.व., वडा नं. १

२.   श्री सुशिला तामाङ, अ.हे.व., वडा नं. २

३.   श्री विनिता श्रेष्ठ प्रधान, जनस्वास्थ्य निरीक्षक, वडा नं. ३

४.   श्री सुनिता गिरी, अ.हे.व., वडा नं. ४

५.   श्री मुकेश दाहाल, हे.अ., वडा नं. ५

६.   श्री नवराज कार्की, सि.अ.हे.व., वडा नं. ६

७.   श्री उद्धव प्रसाद आचार्य, सि.अ.हे.व., वडा नं. ७

 

ग)   कोभिड–१९ को दोश्रो लहरको महामारी चलिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर थप मेहेनतका साथ काम गर्नु पर्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्यमा खटिने कर्मचारी, दैनिक प्रशासनिक कार्यमा खटिने (प्र.प्र.अ. र प्रशासनिक कर्मचारी) प्रशासनिक कर्मचारीलाई सहानुभूतिपूर्वक निम्नानुसार हुने गरी जोखिम भत्ता उपलब्ध गराउने ।

१.   पालिका स्तरीय cict टिमका स्वास्थ्यकर्मीहरुलाई ः ५०%

२.   वडा स्तरीय कोभिड फोकल पर्सनलाई ः ३५%

३.   पालिका भित्रका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सफाईकर्मीहरुलाई ः २५%

४.   कोभिड सम्बन्धी गतिविधिमा प्रत्यक्ष रुपमा खटिने एम्बुलेन्स चालक ः ५०%

५.   कोभिड सम्बन्धी गतिविधिमा प्रत्यक्ष रुपमा खटिने प्रहरी ः २५%

६.   कोभिड सम्बन्धी गतिविधिमा प्रत्यक्ष रुपमा खटिने गा.पा.का चालक ः २५%

७.   कोभिड सम्बन्धी गतिविधिमा प्रत्यक्ष रुपमा खटिने प्र.प्र.अ. र अन्य प्रशासनिक कर्मचारी ः ३०%

 

निर्णय नं. २ ः

गाउँसभाबाट चालू आ.व. २०७७÷०७८ को लागि युवा स्वरोजगार कार्यक्रममा रु. ५० लाख विनियोजन गरिउको र सो कार्यक्रम संचालन हुने सम्भावना नरहेको र कोभिड कोषमा रकम अपुग भएकोले युवा स्वरोजगार कार्यक्रममा विनियोजन गरिएको रकम मध्ये रु. २० लाख कोभिड कोषमा जम्मा गरी खर्च गर्ने निर्णय गरियो ।

 

 

आर्थिक वर्ष: